काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आइतबार पनि देशका पहाडी भूभागहरूमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा आइतबार पनि हल्का वर्षाको सम्भावना रहेको छ।