सोमबार, वैशाख २८, २०८३

महोत्तरी घटनाको छानबिन गर्न सरकारले बनायो समिति

जिल्लाको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलश यात्राका क्रममा हिंसा भड्किएको विषयमा छानबिन गर्न समिति गठन गरिएको हो।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

काठमाडौं- महोत्तरीमा यही कात्तिक १० गते भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ। जिल्लाको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलश यात्राका क्रममा हिंसा भड्किएको विषयमा छानबिन गर्न समिति गठन गरिएको हो। हिंसा भड्किएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो।

National life

समितिमा सहसचिव शिवराम पोखरेल संयोजक छन्। समितिमा ५ सदस्य रहेको मन्त्रालयले जानकारी दिएको हो।  

मन्त्रीस्तरीय निर्णयबाट गठित समितिका सदस्यमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृहमन्त्रालयका उपसचिव विश्वराज मरासिनी छन्।

समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। 

 




प्रकाशित: Oct 28, 2022| 19:52 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।