आइतबार, असार ७, २०८३

डेंगु नियन्त्रण अभियान चलाएको भन्दै गगन थापालाई दोस्रो पटक स्पष्टीकरण

थापालाई आयोगको प्रश्न छ, 'तपाईंले डेंगु नियन्त्रण अभियान चलाउछु भने जस्तै अन्य उम्मेदवारले पनि वक्तव्य दिँदै हिँडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ, पर्दैन?'
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

काठमाडौं- निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका काठमाडौं-४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ। कात्तिक ८ गते डेंगुविरुद्ध अभियान चलाएको विषयमा स्पष्टीकरण सोधेको आयोगले दोस्रो पटक उनलाई सोही अभियानका विषयमा स्पष्टीकरण सोध्दै पत्र काटेको हो। 

National life

आयोगले स्पष्टीकरण सोधेपनि डेंगु नियन्त्रण अभियान बन्द नहुने वक्तव्य थापाले दिएको भन्दै पुनः स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले 'सरुवा रोगको महामारी वा कुनै प्राकृतिक विपद् वा काबुबाहिरको परिस्थिति सिर्जना भएमा आयोगको स्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा नपर्ने' उल्लेख छ। 

थापाको डेंगु नियन्त्रण अभियान कानुनको खिलाफ भएको आयोगको दाबी छ। 

थापालाई आयोगको प्रश्न छ, 'तपाईंले डेंगु नियन्त्रण अभियान चलाउछु भने जस्तै अन्य उम्मेदवारले पनि वक्तव्य दिँदै हिँडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ, पर्दैन?' स्पष्टीकरण पेस गर्न थापालाई २४ घण्टाको समयावधि दिइएको छ। 

Shivam cement

प्रकाशित: Oct 28, 2022| 19:42 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...