मंगलबार, फागुन १९, २०८२

भियतनाममा १० महिनायता १०२ डेंगु संक्रमितको मृत्यु

नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र शहरहरूमा ‘ठूलो प्रकोप’ हुने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

kumari

हो ची मिन्ह (भियतनाम)- भियतनाममा यस वर्ष (१० महिनायता) १०२ जना डेंगु संक्रमितको मृत्यु भएको छ। करिब दुई लाख ६० हजार डेंगुबाट सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

सङ्क्रमण र मृत्युको सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा झन्डै ५ गुणा बढेको पनि मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र शहरहरूमा ‘ठूलो प्रकोप’ हुने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ। 

हो ची मिन्ह सिटी अझै पनि भियतनाममा डेंगु ज्वरोको केन्द्रबिन्दुको रुपमा रहेको छ। यस अवधिमा करिब ७० हजार सङ्क्रमण र २९ जनाको मृत्यु भएको छ। राजधानी हनोईमा बाह्र जनाको मृत्युको हुनको साथ ८ हजार भन्दा बढी संक्रमित भेटिएका छन्।

प्रकाशित: Oct 28, 2022| 15:59 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।