आइतबार, असार ७, २०८३

यी हुन् सत्ता गठबन्धनका साझा उम्मेदवार [सूचीसहित]

सत्ता गठबन्धनका चार दलले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारको सूची सार्वजनिक गरेका छन्।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९
National life
Shivam cement

काठमाडौं- सत्ता गठबन्धनका चार दलले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारको सूची सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै साझा उम्मेदवारको सूची सार्वजनिक गरेका हुन्। गठबन्धनमा आबद्ध भएपनि साझा उम्मेदवारको सूची प्रकाशनमा उसका कुनै पनि नेताको हस्ताक्षर छैन। 

विवाद नमिलेका स्थानमा मितवत् प्रतिस्पर्धा गर्ने निर्णयसमेत चार दलले गरेका छन्। 'केही स्थानहरूमा मित्रवत प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ। ती स्थानमा एक आपसमा समान र सोहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ,' चार दलका नेतृत्वले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ। 

उनीहरूले विवाद भएका केही स्थानमा छलफल गरी टुंगो लगाउने पनि निष्कर्ष निकालेका छन्। चार शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा विवाद नभएका स्थानमा भने गठबन्धनका उम्मेदवारलाई मत मागेका छन्। 


प्रकाशित: Oct 28, 2022| 15:34 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...