काठमाडौं- सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूले केही स्थानमा गठबन्धनबीच नै आपसी प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संयुक्ति विज्ञप्ति जारी गर्दै विवाद नमिलेका स्थानमा मितवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन्।
'केही स्थानहरूमा मित्रवत प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ। ती स्थानमा एक आपसमा समान र सोहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ,' चार दलका नेतृत्वले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीहरूले विवाद भएका केही स्थानमा छलफल गरी टुंगो लगाउने पनि निष्कर्ष निकालेका छन्। चार शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा विवाद नभएका स्थानमा भने गठबन्धनका उम्मेदवारलाई मत मागेका छन्।
काठमाडौं-३ र काठमाडौं-१० मा गठबन्धनका उम्मेदवारविरुद्ध माओवादी केन्द्रले उम्मेदवार उठाएको छ। काठमाडौंको प्रदेशसभा क्षेत्रमा गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेस, माओवादी र नेकपा एसका उम्मेदवार उठाएका छन्।
गठबन्धनमा सामेल भएपनि लोसपाले विज्ञप्तिमा हस्ताक्षर गरेको छैन।
प्रतिनिधिसभा
धनुषा-२ – कांग्रेस र नेकपा एस
सर्लाही-२ – माओवादी र लोसपा
काठमाडौं-१० – कांग्रेस र माओवादी
प्रदेशसभा
सर्लाही १ (१) – माओवादी र लोसपा
महोत्तरी २ (२) – नेकपा एस र लोसपा
बारा १ (२) – कांग्रेस र नेकपा एस
पर्सा ३ (२) – कांग्रेस र नेकपा एस
काठमाडौं ३ (२) – कांग्रेस र नेकपा एस
काठमाडौं ५ (२) – कांग्रेस र नेकपा एस
काठमाडौंं १० (१) – कांग्रेस र माओवादी
काठमाडौं ६ (२) – कांग्रेस र माओवादी
बाँके २ (१) – कांग्रेस र नेकपा एस
बाँके २ (२) – कांग्रेस र माओवादी
कञ्चनपुर २ (२) – कांग्रेस र नेकपा एस
कञ्चनपुर ३ (१) – माओवादी र नेकपा एस
छलफल जारी
स्याङ्जा २ (१) – कांग्रेस र नेकपा एस
हुम्ला १ – माओवादी र नेकपा एस
सुर्खेत २ (१) – कांग्रेस र नेकपा एस
सुर्खेत २ (२) – माओवादी र नेकपा एस
बाजुरा १ – माओवादी र नेकपा एस