आइतबार, असार ७, २०८३

महोत्तरी क्षेत्र नं- ३ मा निर्वाचनको माहोल बढ्यो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पुनः महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि सो क्षेत्रमा निर्वाचनको माहोल ह्वात्तै बढेको हो।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

जलेश्वर- महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर समेटिएको निर्वाचन क्षेत्र नं ३ मा मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पुनः महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएपछि सो क्षेत्रमा निर्वाचनको माहोल ह्वात्तै बढेको हो।

National life

उनी यसअघि विसं २०७४ को  निर्वाचनमा पनि सोही क्षेत्रबाट चुनाव जितेका थिए। नेपाली कांग्रेस पार्टीमा लामो समय आवद्ध भएको हुँदा पछिल्लो समय विशेष गरी मधेस केन्द्रित राजनीतिमा लागेका थिए। 

तत्कालीन समयमा उनले कांग्रेस परित्याग गर्दै आफ्नै नेतृत्वमा तराई-मधेस लोकतान्त्रिक पार्टी गठन गरेका थिए भने साविकको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँगै दोस्रो मधेस आन्दोलनको नेतृत्व गरेका थिए। आठ बुँदे सम्झौतापछि विसं २०६४ को पहिलो संविधानसभा चुनावमा भने उनी सर्लाहीबाट पराजित भएका थिए।

त्यस्तै २०७० को दोस्रो संविधानसभा चुनावमा पनि सर्लाही–४ बाट उनी पराजित भएका थिए। विसं २०७४ को निर्वाचनमा उनी महोत्तरी–३ बाट निर्वाचनमा होमिएका थियो भने २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले १८ हजार एक सय ६९ मतको फराकिलो अन्तरले निर्वाचित भएका थिए। २६ हजार आठ सय ४५ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजयकुमार चौधरीले आठ हजार छ सय ७६ मत तथा स्वतन्त्र उम्मेदवार चन्देश्वर झाले चार हजार २० मत मात्र ल्याएका थिए।

उनलाई यसपटक जनता समाजवादी पार्टीका तर्फबाट पूर्व कृषिमन्त्री हरिनारायण यादव र एमालेबाट बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका रामआधार कापरले निर्वाचनमा चुनौती थपेका छन्। क्षेत्र नं ३ बाटै लोसपा नेपालका अध्यक्ष ठाकुरका  सहयात्री तथा तत्कालीन तमलोपा पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका वृषेशचन्द्र लालले उम्मेदवारी दिएका छन्

Shivam cement

महोत्तरी क्षेत्र न ३ मा  ९९ हजार ९३० मतदाता  छन्। स्थानीय तहको परिणामले पनि लोसपाभन्दा जसपा नै बलियो अवस्थामा रहेको देखिन्छ। यस क्षेत्रमा मा पाँच वटा स्थानीय तह छन्। जलेश्वर, मनराशिसवा र मटिहानी नगरपालिका, एकडारा र पिपरा गाउँपालिकाका केही वडालाई समेटेर क्षेत्र विभाजन गरिएको छ। विसं २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ती पाँच पालिकामध्ये मटिहानीमा मात्र लोसपाले जीत हात पारेको छ।

प्रकाशित: Oct 28, 2022| 13:37 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...