मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा बुहारीको पक्षमा उभिँदै आमाले दिइन् छोराविरुद्ध उजुरी

भारतमा बुहारीको पक्षमा उभिँदै आमाले दिइन् छोराविरुद्ध उजुरी

भारतमा बुहारीको पक्ष लिँदै आफ्नै छोराविरुद्ध एक आमाले प्रहरीमा जाहेरी दिएकी छन्। विवाह गरेको १० वर्षसम्म पनि सन्तान नभएको भन्दै छोरा बुहारीबीचमा झगडा बढेपछि आमाले बुहारीको पक्ष लिएर प्रहरीको सहयोग मागेकी हुन्।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

काठमाडौं- भारतमा बुहारीको पक्ष लिँदै आफ्नै छोराविरुद्ध एक आमाले प्रहरीमा जाहेरी दिएकी छन्। विवाह गरेको १० वर्षसम्म पनि सन्तान नभएको भन्दै छोरा बुहारीबीचमा झगडा बढेपछि आमाले बुहारीको पक्ष लिएर प्रहरीको सहयोग मागेकी हुन्।

१० वर्षसम्म छोरा नभएपछि श्रीमान‍्ले श्रीमतीप्रति शंका गर्ने गरेका थिए। आमाले पत्नीको पक्ष लिएपछि उनले दुवैलाई गाली गर्न सुरु गरे। झगडाले आजित भएकी ७३ वर्षीया वृद्धाले प्रहरीमा उजुरी दिएकी हुन्। उनी छोरालाई घरबाट निकाल्न चाहन्छिन्।

आजभोलि सासुबुहारीको झगडाका कारण घर नै कोलाहल हुने गरेको पाइन्छ। समाजमा यस्ता घटना धेरै भेटिएका पनि छन्। भारतको भोपालमा भने मनकारी सासु बुहारीको पक्षमा उभिएकी छन्। गएको बिहीबार दिउँसो भोपालको कोलाघर थानामा छोरोविरुद्ध उजुरी दिनका लागि एक वृद्ध बुहारी लिएर पुगेकी थिइन्।

उनको गुनासो थियो बिहे भएको १० वर्षमा पनि छोराछोरी भएनन्। स्वास्थ्य परीक्षणपछि छोरामा कमजोरी रहेको पत्ता गेको थियो। अहिले छोराले चाहिँ श्रीमतीलाई शंका गर्न थालेपछि झगडा सुरु भएको उनले बताएकी छन्।

नाम नखुलाइएकी ती वृद्धा पहिले पुलिसमा थिइन्। श्रीमान्ले उनलाई पनि ज्यादती गरेपछि उनले केही वर्ष अघि नै सम्बन्धविच्छेद गरिसकेकी थिइन्। ‘मेरा तीन छोरा छन्। जेठो छोरोको निधन भइसकेको कारण उसका सन्तानको मैले नै हेरचाह गरिरहेकी छु। आज म सानो छोराविरुद्ध रिपोर्ट लेख्न आएकी हुँ,’ ती वृद्धाले भनेको कुरा दैनिक भाष्करले लेखेको छ।

kumari

उनले बुहारीको जीवन राम्रो भएको हेर्न चाहेको बताएकी छन्। 'मेरो छोराले बुहारीमाथि शंका गर्छ। तर, मलाई बुहारीमा पुरा विश्वास छ,’ ती वृद्धाले भनेकी छन्। बुहारीका बाबुआमा छैनन्। तिनलाई एक पादरीले हुर्काएका थिए। तिनै पादरीमार्फत बिहेका कुरा आएपछि सन् २०१२ विवाह भएको थियो।

वृद्धाका छोराबुहारी नै अस्पतालका काम गर्थे। विवाहको केही वर्षपछिबाटै झगडा सुरु भएको दैनिक भाष्करले लेखेको छ। झगडा परेको समयमा बुहारी सासूसँग बस्न जाने गरेकी थिइन्।

‘जे सुकै होस् म पछि हट्दिनँ। उसले बुहारीमा आफ्नो फ्रस्टेसन निकाल्छ। मैले समर्थन गर्दा मलाई पनि गाली गर्छ। मेरो छोरीजसरी नै बुहारीलाई साथ दिनेछु। तर, म उनीहरूको सम्बन्धविच्छेद चाहिँ चाहन्न,’ ती वृद्धाले भनेकी  छन्। पुलिसले जाहेरी दर्ता गरेर कारबाही सुरु गरेको छ।

प्रकाशित: Oct 28, 2022| 13:20 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।