सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गरेको हो।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

म्याग्दी- म्याग्दी र छिमेकी जिल्ला बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।

National life

सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गरेको हो। एक सय ७० मिटर अग्लो उक्त पुल निर्माणका लागि विसं २०७८ असोजमा थानी–हिमशिखर जेभीले रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो।

निर्माण कम्पनीका प्रतिनिधि केदार रिजालले पुलको फाउण्डेशन, जिप, लठ्ठा तान्ने र स्टिल डेग राख्ने काम सकिएको बताए। दायाँ र बायाँतर्फ जाली हालेर लठ्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँचको काम भने बाँकी छ।

यसै महिनाभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माणको काम भइरहेको छ। ठेक्का सम्झौताको म्याद १० महिना थियो। लक्ष्यभन्दा करिब तीन महिना ढिला गरी पुल निर्माण सकिन लागेको हो। पुल बनेपछ एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनाका साथै रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ  आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले बताए। रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबारलगायत गतिविधि गर्ने भएकाले पुलले सुविधा पुग्ने उहाँको भनाइ थियो।

यसबाट बागलुङको पञ्चकोट र कुँडुलेमा रहेको शालग्राम सङ्ग्र्रहालय अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नाका साथै रत्नेचौरको खेलमैदान, श्रीलक्ष्मीहरि मन्दिर र धवलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बुढोपोखरीको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।पुल निर्माणका लागि बानपा–४ कुँडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटालगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो। यो म्याग्दीमा निर्माण भएको तीन सय मिटरभन्दा लामो तेस्रो झोलुङ्गे पुल हो।

यसअघि रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने तीन सय ६५दशमलव८० मिटर लामो र एक सय ४८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको थियो। एक वर्षअघि मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने तीन सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो। -रासस


प्रकाशित: Oct 28, 2022| 12:34 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।