सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चक्रीय धौलागिरि पदमार्ग : सम्भावना अथाह, पूर्वाधार अभाव

चक्रीय धौलागिरि पदमार्ग : सम्भावना अथाह, पूर्वाधार अभाव

धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ ¬(आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धौलागिरि पदमार्ग साहसिक पदयात्राका लागि प्रख्यात मानिन्छ।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

पथप्रदर्शक छिरी राईले सात वर्षपछि धौलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुगे। काठमाडौंमा आसाकी टेक्स एण्ड एक्सपीटिसनका सञ्चालकसमेत रहेका राईले दर्जनौँपटक धौलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर आए। पछिल्लोपटक भने सात वर्षपछि मात्रै असोज अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धौलागिरि आधार शिविर पुग्ने पदमार्गमा पर्यटकलाई लिएर भ्रमण गराएका हुन्।

National life

धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ ¬(आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धौलागिरि पदमार्ग साहसिक पदयात्राका लागि प्रख्यात मानिन्छ।

धवलागिरि आधार शिविर क्षेत्रको भ्रमण र धवलागिरि आरोहणका लागि समेत पर्यटक यस पदमार्ग हुँदै ओहोरदोहोर गर्छन्। धवलागिरि पदमार्ग प्राकृतिकरूपमा मनोरम रहे पनि पर्यटन विकासको अवस्थामा भने सुधार र परिवर्तन नभएको पाइएको राईले बताए। 'धेरै हिमालमा पर्यटक लिएर पुगेको छु, धौलागिरि पदमार्गको जस्तो सुन्दरता कमै भेटिन्छ, तर यहाँको पर्यटन पूर्वाधारको विकास भने अन्य क्षेत्रको तुलनामा निकै कम छ', राईले भने। 

हङ्कङमा रहेका म्याग्देलीहरूको सामूहिक धौलागिरि पदमार्ग भ्रमणको नेतृत्व गर्नुभएका राईले विदेशी पर्यटकले साहसिक यात्राका रूपमा लिने यस क्षेत्रमा पदमार्ग, सञ्चार, होटललगायतका पूर्वाधार र सुविधाको पहुँच बढाउन सकेमा आन्तरिक पर्यटकसमेत ठूलो सङ्ख्यामा भित्र्याउन सकिने बताए। 

'धौलागिरि पदमार्ग पुरानो पदमार्ग हो, सुरु–सुरुमा भिर, पहाडमा जोखिम मोलेरै हिँड्नुपर्ने थियो, पछि सामान्य गोरेटो खनेपछि केही सहज भएको हो, तर पूर्णरूपमा पदमार्ग निर्माणकार्यले अझै मूर्तरुप लिएको छैन, ठाउँ–ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता यथावत छ', उनले थपे।

म्याग्दी सदरमुकाम बेनीबाट मुदीगाउँसम्म सडकको ट्र्याक निर्माण भएकाले त्यहाँसम्म सवारीसाधनमा पुगेपछि एक दिनको यात्रामा बगरगाउँ पुग्न सकिन्छ। 

बगरबाट–दोभान, दोभानबाट सल्लाघारी–इटाली आधार शिविर हुँदै धवलागिरि आधार शिविर पुग्न करिब चार दिनको पैदलयात्रा गर्नुपर्छ। 

पछिल्ला वर्षहरूमा पदमार्गका लागि गाउँपालिका, पर्यटन मन्त्रालय र प्रदेश सरकारमार्फत समेत बजेट विनियोजन हुन थाले पनि पर्याप्त नहुँदा पदमार्ग निर्माणले तीव्रता पाएको छैन।

अग्ला डाँडाकाँडा, पहाड, घना जङ्गल, झरना, खोलानाला र हिमालको मनोरम दृश्य लोभलाग्दो रहे पनि पर्यटन विकासका आधारभूत पूर्वाधार नहुँदा यात्रा कष्टकर र जोखिमपूर्ण हुने गरेको पहिलोपटक आधार शिविर पुग्नुभएका कर्णबहादुर पुनले बताए। 

'हाम्रो २३ जनाको टोली आधार शिविरसम्मको यात्रामा सफल भयौँ, चक्रिय पदमार्गकै यात्रा गर्ने लक्ष्य रहे पनि प्रतिकूल मौसम र उपयुक्त पूर्वाधार नहुँदा हिमालको आधार शिविरबाट फर्किनुप, यस पदमार्गमा जाने जो–कोहीलाई यहाँको सुन्दरताले लोभ्याउँछ, तर पर्याप्त पर्यटन पूर्वाधार र सुविधा नहुँदा फेरि भ्रमणमा जाने आँट हराउँछ', पुनले भने। 

धौलागिरि पदमार्गले समेटिएका बस्तीमा पर्यटन संस्कृतिको समेत अभाव रहेको उल्लेख गर्दै पुनले स्थानीयवासीमा पर्यटन संस्कारको विकास गर्ने, पर्यटन पूर्वाधार निर्माण गर्ने र पदमार्गलाई व्यापक प्रचार–प्रसार गर्ने कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। 

यस पदमार्गअन्तर्गत बगरगाउँमा घरबास (होमस्टे) रहे पनि त्यो प्रभावकारी र व्यवस्थित बन्न सकेको छैन भने दोभान, सल्लाघारी र इटाली बेसक्याम्पमा रहेका होटलको क्षमता पर्याप्त छैनन्। 

खानामा अग्र्यानिक र आतिथ्यतामा मौलिकतालाई जोड्दै स्थानीय कला र संस्कृतिलाई समेत यस क्षेत्रको पर्यटन विकासको अर्को आधार बनाउनुपर्ने अर्का पर्यटक इन्द्र एलजी थापामगरले बताए। 

'पदमार्ग हुँदै देखिने प्राकृतिक दृश्य र आधार शिविर पुगिसकेपछि देखिने अनौठो र विचित्रको दृश्यले एकपटक पुग्नैपर्ने ठाउँ रहेको कुरा महसुस भयो, तर यसलाई व्यापकता र विस्तार गर्न भने पूर्वाधार र सुविधाको पहुँच विस्तार गर्नैपर्छ', उनले भने।

यस पदमार्गको अधिकांश क्षेत्रमा सञ्चारको पहुँच नपुगेको कारण पर्यटक सञ्चार सम्पर्कको अभावले स्वास्थ्य समस्या र आपत्कालीन समयमा तत्काल उद्धार पाउनबाट बञ्चित हुनुपर्ने बाध्यता छ भने इटाली आधार शिविरदेखि माथिको पदमार्ग स्थायी नहुँदा हरेक वर्ष बाटो फेरिरहने समस्या छ।

इटाली आधार शिविरबाट अघि बढेपछि म्याग्दी नदीको खोँचमा झोलुङ्गे पुलको अभाव छ। पुल नहुँदा हिउँ जमेर बनेको ग्लेसियरमाथि नै जोखिमपूर्ण तवरले आवतजावत गर्नुपर्ने बाध्यता छ। 

समुद्र सतहदेखि चार हजार सात सय ६० मिटर उचाइको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धौलागिरि पदमार्ग साहसिक पदयात्राका लागि प्रख्यात रहे पनि पर्यटन पूर्वाधार तयार भएमा समुद्र सतहदेखि तीन हजार छ सय ६० मिटर उचाइको इटाली आधार शिविरसम्मको पदयात्रामा आन्तरिक पर्यटकको आगमन बढाउन सकिने सम्भावना रहेको स्थानीय होटल व्यवसायी हरिप्रसाद तिलिजा बताउँछन्। कमल खत्री,रासस

प्रकाशित: Oct 28, 2022| 11:05 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।