आइतबार, असार ७, २०८३

नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त

क्षेत्र नं २ बाट उम्मेदवारी दिएका संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू कार्यकर्ता भेट्न आजदेखि वडा तहमा जान थालेका छन्।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

नुवाकोट- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त छन्। सबै उम्मेदवार यतिबेला घरदैलोमा जुटेका छन्। 

National life

क्षेत्र नं २ बाट उम्मेदवारी दिएका संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू कार्यकर्ता भेट्न आजदेखि वडा तहमा जान थालेका छन्। उम्मेदवारी दिएपछि पालिकास्तरमा संयुक्त बैठकमा सहभागी भएका उम्मेदवार आजदेखि प्रत्येक वडा तहका मतदाता भेट्न लागेका हुन्।

चुनावी प्रचार–प्रसार समितिका सदस्य मच्छिन्द्रनरसिंह प्याकुरेलका अनुसार वडा तहका कार्यकर्ता भेट्न तथा उनीहरूको आयोजनामा बस्ने संयुक्त बैठकमा सहभागी हुन लागेका हुन्। 

वाम–लोकतान्त्रिक गठबन्धनबाट निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र प्रदेससभा–२ (क) मा नेकपा (माओवादी केन्द्र)बाट रामप्रसाद ढुङ्गाना र प्रदेससभा–२ (ख)बाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) उम्मेदवार रहेका छन्।

संयुक्त गठबन्धनका उम्मेदवारको आजदेखि सुरु हुने वडा तहको ‘पाँचदलीय संयुक्त भेटघाट कार्यक्रम’ अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार केसीसहित सम्बन्धित प्रदेशको निर्वाचन क्षेत्रमा पुग्दा सोही स्थानका प्रदेससभा सदस्यका उम्मेदवार सहभागी हुने कार्यक्रम तय गरिएको छ।

Shivam cement

साथमा गठबन्धन दलबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका उम्मेदवारसमेत सहभागी भएर वडा तहका पार्टी समितिका पदाधिकारी, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई भेट्ने कार्यक्रम तय भएको छ।

यस्तै नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद खतिवडा, प्रदेस (क) का केशवराज पाण्डे र प्रदेससभा (ख) का उम्मेदवार विजय लामा तथा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले पनि चुनावी प्रचार अभियानलाई तिव्र पारेका छन्। उनीहरु कार्यकर्ता भेटघाट तथा मतदाता भेट्न व्यस्त छन्। -रासस

प्रकाशित: Oct 28, 2022| 10:50 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...