धनगढी- कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बुधबार लम्कीचुहा नगरपालिका-४ बलियाका १९ वर्षीय कमल बजगाईंको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
तिहारको झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर बजगाईं घाइते भएका थिए।
घाइते बजगाईंलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।