मंगलबार, फागुन १९, २०८२

एलन मस्कले हटाए ट्विटरका सिइओसहित उच्च कर्मचारी

सामाजिक सञ्जाल ट्विटरको स्वामित्व लिएपछि अमेरिकी अर्बपति एलन मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका छन्।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

काठमाडौं- सामाजिक सञ्जाल ट्विटरको स्वामित्व लिएपछि अमेरिकी अर्बपति एलन मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका छन्।

द न्युयोर्क टाइम्सका अनुसार  ४४ अर्ब डलर ट्विटर किनेका मस्कले बिहीबार सिइओ पराग अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगल,  लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेका हुन्।

उनीहरूलाई बर्खास्त गरिएकोबारे दुबै पक्षले औपचारिक जानकारी दिएका छैनन्। मस्कले शुक्रबारसम्म ट्विटर किनिसक्नु पर्ने समयसीमा अदालतबाट पाएका थिए। 

केही महिनाअघि ट्विटर किन्ने सम्झौता गरेका उनी पछि उक्त सम्झौताबाट हट्न खोजेका थिए। उनको कदमविरूद्ध ट्विटरले अदालतमा मुद्दा हालेपछि अदालतले मस्कलाई अक्टोबर २८ सम्म सीमा दिएको थियो।

समय सकिनु दुई दिनअघि बुधबार मस्क ट्विटरको सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा पुगेका थिए। उनले अहिले ट्विटरमा आफ्नो बायो परिवर्तन गरी ट्विटरको प्रमुख राखेका छन्।

kumari

प्रकाशित: Oct 28, 2022| 09:15 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।