सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, दुई जना घाइते

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, दुई जना घाइते

अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एअरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

काठमाडौं- अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एअरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

National life

सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २-०३८-प-५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित दुई जनाको ज्यान गएको छ।

सन्धिखर्क नगरपालिका-१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए। मोटरसाइकल कसले चलाएको थियो भन्ने खुलेको छैन।

यस्तै, त्यही ठाउँमा बा२५प ८८७६ नम्बरको मोटरसाइकल पल्टिँदा सन्धिखर्क-२ आटिकापाटाका ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते हुनुभएको छ। 

घाइतेको बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले बताए।

प्रकाशित: Oct 28, 2022| 09:00 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।