आइतबार, साउन १०, २०८३

पत्रकार कौशल पाण्डेको निधन

हेटौंडाका वरिस्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ। हेटौंडा-४ कमलडाँडास्थित निवासमा उनको बिहीबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
 |  शुक्रबार, कात्तिक ११, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ११, २०७९

हेटौंडा- हेटौंडाका वरिस्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको छ। हेटौंडा-४ कमलडाँडास्थित निवासमा उनको बिहीबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको लिभर सिरोसिसको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो। केही समयदेखि उनको स्वास्थ्य अवस्था जटिल थियो। उनको पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए।

पाण्डे २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्ष भएका थिए। क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय सल्लाहकार पाण्डे साहित्यकारको रूपमा पनि परिचित छन्।

हेटौंडाबाट प्रकाशन हुने प्रयास अर्धसाप्ताहिकको प्रकाशक सम्पादक रहेका उनी प्रेस काउन्सिल पुरस्कारबाट पुरस्कृत र सम्मानित भएका थिए।

प्रकाशित: Oct 28, 2022| 07:13 शुक्रबार, कात्तिक ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।