आइतबार, असार ७, २०८३

राजकुमार ह्यारीले १६ भाषामा ल्याउँदैछन् पुस्तक ‘स्पेयर’

राजकीय उत्तरदायित्वबाट अलग भएका राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आगामी पुस २६ गते बजारमा आउने भएको छ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

न्युयोर्क- राजकीय उत्तरदायित्वबाट अलग भएका राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आगामी पुस २६ गते बजारमा आउने भएको छ। 

National life

पेन्गुइन र्‍यान्डम हाउसले छाप्ने स्पेयरमा ह्यारीको अटल इमानदारी, अन्तर्दृष्टि, आत्म–परीक्षण, असीमित शक्ति, विजय–पराजय, दुःख, प्रेमगायत विषय समेटिने छन्। प्रकाशनगृहले वक्तव्य जारी गरेर पुस्तक प्रकाशनको जानकारी दिएको हो। सन् १९९७ मा आफ्नी आमा डायनको अकल्पनीय मृत्यु, आमा र भाइ विलियमसँगका सम्झना पुस्तकमा पढ्न पाइनेछ। 

प्रकाशनगृहले राजकुमार ह्यारीलाई एक पति, पिता, मानवीयकर्मी, सैन्य दिग्गज, मानसिक स्वास्थ्य अभियन्ता एवम् वातावरणविद्का रूपमा परिचय गराएको छ। ४१६ पृष्ठको उक्त पुस्तक डच एवम् पोर्चुगिजलगायत १६ भाषामा छापिने छ।

पुस्तक बिक्रीबाट प्राप्त हुने रकम बेलाइतका परोपकारी संस्थाहरूलाई दान गरिनेछ। लेखक ह्यारीले लेसोथो र बोत्सवानामा एचआईभी-एड्सबाट प्रभावित बालबालिका र युवाहरूलाई मद्दत गर्न लेसोथोका राजकुमार सेइसोसँग मिलेर स्थापना गरेको संस्था सेन्टेबालेलाई १५ लाख अमेरिकी डलर दिएका छन्।

अमेरिकामा जन्मेकी श्रीमती मेघनसँग विवाह गरेकाससेक्सका ड्यूकले सन् २०२० मा आफ्नो शाही कर्तव्यबाट बिदा लिएर अमेरिका सरेका सरेका थिए। बेलाइतको राजपरिबारबाट आफूलाई आर्थिक सहयोग नभएको तथा आफ्नी आमाले छाडेको रकमबाट गुजारा गरिरहेको गत वर्ष एउटा रेडियो अन्तर्वार्तामा उनले बताएका थिए।

Shivam cement

प्रकाशित: Oct 27, 2022| 20:45 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।