सोमबार, वैशाख २८, २०८३

बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट ५१ वर्षीया शेख रोकैदा खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी युवराज तिमिल्सेनाले बताए ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

National life

बारा- बाराको जितपुर सिमरा-२१ अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट ५१ वर्षीया शेख रोकैदा खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी युवराज तिमिल्सेनाले बताए।

जंगलमा बाख्रा चराउन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको थियो । आक्रमणपछि घाइते भएकी रोकैदालाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी तिमिल्सेनाले जानकारी दिए।

घटनास्थल अमलेखगन्ज आयल निगमको पछाडी भागमा पर्ने पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा पर्छ।

प्रकाशित: Oct 27, 2022| 19:13 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।