आइतबार, साउन १०, २०८३

कैलालीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कैलालीमा कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

धनगढी- कैलालीमा कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा बा १२ च २११४ नम्बरको कारले सुपप्र ०१ ००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका–२ तेघरीका ३३ वर्षीय शेरबहादुर पुनमगरमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । कार चालक ३३ वर्षीय युसुभ श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Oct 27, 2022| 18:32 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।