सोमबार, वैशाख २८, २०८३

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङको गल्छी गाउँपालिका-७ मा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

काठमाडौं- धादिङको गल्छी गाउँपालिका-७ मा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

National life

धादिङको थाक्रे गाउँपालिका ११ बस्ने २५ वर्षीय सुनिल थापाको मृत्यु भएको हो। गम्भीर घाइते भएका थापाको उपचारका लागि अम्बेभरोसा अस्पताल गल्छी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते भएका पछाडि सवार ३४ वर्षीय रमेश लामाको सोही अस्पतालमै उपचार भइरहेको छ। 

काठमाडौंबाट लहानतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ०७२२ नम्बरको बसले सोहि दिशातर्फ जाँदै गरेको बा ९२ प २३६९ नम्बरको मोटरसाइकललाई गएराति पौने ११ बजे ठक्कर दिएको हो। 

बस चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ।


प्रकाशित: Oct 27, 2022| 14:26 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।