सोमबार, वैशाख २८, २०८३

प्रजातान्त्रिक योद्धा जगन्‍नाथ यादवको निधन

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा जगन्‍नाथ यादवको ६५ वर्षको उमेरमा निधन भएको छ। महोत्तरीको लोहारपट्टी–१ बगडाका यादवको आज बिहान निधन भएको हो।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

National life

काठमाडौं- नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा जगन्‍नाथ यादवको ६५ वर्षको उमेरमा निधन भएको छ। महोत्तरीको लोहारपट्टी–१ बगडाका यादवको आज बिहान निधन भएको हो।

पञ्चायती व्यवस्थाका विरुद्ध मुलुकमा प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली कांग्रेसमा आबद्ध भई उनी प्राजातान्त्रिक आन्दोलनमा सरिक भएका थिए। पछिल्ला केही वर्षदेखि मधुमेहको समस्याले ग्रस्त यादवको आफ्नै निवासमा निधन भएको हो।

उनको निधनमा कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आफू विद्यार्थी छँदा यादवकै अभिभावकत्वमा पार्टीमा जोडिएको स्मरण गरे। सभापति यादवले र  नेकपा (एमाले)का जिल्ला अध्यक्ष कालीचन्द्र साहले आज शोक विज्ञप्ति नै प्रशारित गरी स्व यादवप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

प्रकाशित: Oct 27, 2022| 14:15 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।