सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महोत्तरीमा कक्षाकोठा र डेस्कबेञ्‍च भए पनि खुला चौरमा पढ्न बाध्य छन् बालबालिका

महोत्तरीमा कक्षाकोठा र डेस्कबेञ्‍च भए पनि खुला चौरमा पढ्न बाध्य छन् बालबालिका

महोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको पाइएको छ। जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–५ मा रहेको माध्यमिक विद्यालय पर्सापतैलीमा विगत पाँच महिनादेखि स–साना बालबालिका कक्षाकोठा र डेस्कबेञ्च हुँदाहुँदै पनि खुला चौरमा पढ्न बाध्य छन्।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

महोत्तरी- महोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको पाइएको छ। जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–५ मा रहेको माध्यमिक विद्यालय पर्सापतैलीमा विगत पाँच महिनादेखि स–साना बालबालिका कक्षाकोठा र डेस्कबेञ्च हुँदाहुँदै पनि खुला चौरमा पढ्न बाध्य छन्। 

National life

प्रदेश सरकारले उक्त विद्यालयमा गत आर्थिक वर्ष २०७८/७९ मा भौतिक निर्माणका लागि रु ५० लाख पठाएको थियो। जनप्रतिनिधिहरू जिम्मेवार नहुँदा स–साना बालबालिका चर्को घाम, वर्षा र धुलोधुवाँको सामना गर्दै खुला चौरमा पढ्न बाध्य भएका हुन्।

उक्त बजेटबाट विद्यालयमा रहेको सरस्वती मन्दिरको पर्खाल, विद्यालयको मुख्यद्वारबाट मन्दिरसम्म पुग्ने एक–दुई फिट चौडाइ भएको ढलान बाटो र करिब एक सय ५० वटा गुणस्तरहीन प्लाइ लगाएर डेस्क–बेञ्च निर्माण गरिएको छ।

गत असारदेखि कात्तिक महिना लाग्ने बेलासम्म जिल्लामा पानी परेकाले विद्यालयमा निर्माण गरिएको डेस्कबेञ्च कक्षाकोठामै राखी बाहिरबाट ताल्चा लगाइएको छ। कक्षा कोठा छ, कमसलै भए पनि डेस्कबेञ्च पनि छन् तर विद्यार्थी भित्र छिर्न पाएका छैनन्। 

स–साना बालबालिकालाई खुला चौरमा र चर्को घाममा पढाउँदै गरेकी शिक्षिका कल्याणी चौधरीले विगत चार–पाँच महिनादेखि बालबालिकालाई यस्तै पढाउँदै आएको जानकारी दिए। उनले बालबालिका खुला ठाउँमा पढ्नुपर्दा पटक–पटक बिरामी हुने, नियमित नआउने र बर्खामा पानी परेको दिन पठनपाठन ठप्प हुने बताए। 

यस विषयमा प्रधानाध्यापक रंजय रायले आफूहरूलाई कति बजेट आयो, कति खर्च भयो भन्नेबारेमा केही थाहा नभएको बताए। साथै उनले प्लाइको डेस्कबेञ्च बर्खाको पानीमा बिग्रिने डरले जनप्रतिनिधिले नै चारवटा कक्षाकोठमा ती डेस्कबेञ्च राखेर ताल्चा लगाइदिएका कारण बालबालिका खुला आकाशमुनि पढ्न बाध्य भएको बताए। उनले नगर शिक्षा ऐनका कारण विद्यालयसँग कुनै अधिकार नरहेको र जनप्रतिनिधिले आफूखुसी गर्न थालेका कारण दिनानुदिन पठनपाठन तथा विद्यालयको वातावरणमा नाकारात्मक प्रभाव परिरहेको बताए।

नगर शिक्षा संयोजक जयकुमार साहले सो विद्यालयमा कक्षाकोठा हुँदाहुँदै बालबालिका खुला चौरमा पढिरहेको तथा चारवटा कक्षाकोठामा डेस्कबेञ्च राखिएकोबारे आफूलाई थाहा नभएको बताए। उनले यस नगर शिक्षा शाखामा तीन जनाको न्यूनतम दरबन्दीमा आफू एक्लै भएका कारण विद्यालयको अनुगमन निरीक्षणसमेत गर्न नसकिएका कारण विद्यालयमा भएको समस्याबारे आफूलाई थाहा हुन नसकेको बताए। उनले मावि पर्सापतैलीमा रहेको समस्याको तत्कालै अनुगमन निरीक्षण गरेर समाधानतिर लाग्ने प्रतिबद्धता प्रकट गरे।

त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण झाले  उक्त विद्यालयमा भएको कामको आफूहरूलाई केवल रु ३८ लाखको मूल्याङ्कन गरी सोही बराबरको रकम भुक्तानी गरेको बताए। उनले पनि सो विद्यालयमा त्यसरी विद्यार्थीलाई खुला चौरमा र कक्षाकोठमा डेस्कबेञ्च राखिएकोबारे तत्काल पहल गरेर विद्यार्थीको समस्या समाधान गर्ने वचन दिए।

नगरप्रमुख सुरेश साह सोनारले आफूकहाँ त्यस विद्यालयको गुनासो आइसकेको र गुनासोप्रति अति संवेदनशील भएको बताउँदै तत्कालै स–साना बालबालिकालाई खुला चौरमा पठनपाठन गर्न बाध्य बनाएका सम्पूर्ण पक्षलाई बोलाएर आवश्यक अनुसन्धान तथा कारबाही गर्ने प्रतिबद्धता जाहेर गरे।


प्रकाशित: Oct 27, 2022| 17:45 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।