मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघले भन्‍यो- संकटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव

राष्ट्रसंघले भन्‍यो- संकटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव

संयुक्त राष्ट्रसंघले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ। पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका संकटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै संकटपूर्ण रहेको जनाइएको छ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

काठमाडौं-  संयुक्त राष्ट्रसंघले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ। पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका संकटका कारण यहाँका शरणार्थीहरुको अवस्था निकै संकटपूर्ण रहेको जनाइएको छ।

चाडमा पाँच लाख ७५ हजारभन्दा बढी शरणार्थी रहेका र उनीहरुलाई सहयोग नपुगेको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले जनाएका छन्। उनका अनुसार यहाँ हरेक दिन शरणार्थीहरु बढ्ने क्रम जारी रहेको छ।

संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफान डुजारिकले चाडमा रहेका शरणार्थीको अवस्था नाजुक रहेको भन्दै सहयोगका लागि सबैसँग अपिल गर्नुभएको हो। उहाँले चाडमा सन् २०२० का तुलनामा यसवर्ष शरणार्थी बढेर दोब्बर पुगेका पनि बताउनुभएको छ।

संयुक्त राष्ट्रसङ्घले हालैमात्र सरकारहरुले राखेका तथ्यांङ्कमा भन्दा पनि बढी शरणार्थीहरु अफ्रिकी देशहरुमा रहेका र उनीहरुका समस्या समाधानका लागि ठोस पहल हुन नसकेको बताएको एक दिनपछि आज प्रवक्ता डुजारिकको सो प्रतिक्रिया आएको हो।

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता डुजारिकले यहाँ पछिल्ला दिनहरुमा शरणार्थी बढ्दै गएका भए पनि संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले आवश्यकताको १० प्रतिशत मात्र सहयोगको तयारी गरेको बताएका हुन्।

kumari

उता हाल देखा परिरहेका शरणार्थीहरुमा पनि आगामी दिनमा उक्त सङ्ख्या थप बढ्ने चेतावनी पनि संयुक्त राष्ट्रसङ्घले दिएको छ।संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले अफ्रिकी देशहरुमा शरणार्थीहरुको संख्या बढ्दै गएसँगै कतिपय स्थानमा उनीहरुको अवस्था थप अज्ञात तथा नाजुक बन्दै गएको बताएका थिए।

सोमालियमा मात्र यसवर्ष कम्तीमा दश लाख नागरिक खडेरीका कारण विस्थापित भएका तथ्याङ्क संयुक्त राष्ट्रसङ्घसँग रहेको छ। सोमालियमा नै आन्तरिक राजनीतिक विवाद र हिंसाका कारण विस्थापित भएकाहरुको सङ्ख्या कम्तीमा पनि पाँच लाख रहेको छ।

पछिल्ला केही वर्षयतादेखि चाड बाढी र पहिरोबाट बढी मात्रामा पीडित भएको छ। केही वर्षयताको बाढीबाट चाड प्रभावित भएको र यहाँका नागरिक लाखौँको सङ्ख्यामा विस्थापित भएका छन्।


प्रकाशित: Oct 27, 2022| 17:00 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।