सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रोल्पामा जीप दुर्घटना : तीन जनाको मृत्यु, १२ जना घाइते

रोल्पामा जीप दुर्घटना : तीन जनाको मृत्यु, १२ जना घाइते

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

रोल्पा- रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।

National life

सुलिचौरबाट गजुलका लागि छुटेको लु१ज ३२३४ नम्बरको जीप सुलिचौर बजार नजिकै सेवा केन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णु रिजाल र ५० वर्षीया फाम्सी केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र सात जनालाई कोहलपुर रिफर गरिएको छ। ब्रेक फेल भएर जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 27, 2022| 10:39 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।