सोमबार, वैशाख २८, २०८३

गह्रौंसुर मन्दिरमा ८ लाख भेटी संकलन

स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित गह्रौंसुर कालिका मन्दिरमा बडादशैंको अवधिभरमा ८ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

स्याङ्जा- स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित गह्रौंसुर कालिका मन्दिरमा बडादशैंको अवधिभरमा ८ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ।

National life

स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका–१० को संगमस्थलमा अवस्थित गह्रौंसुर मन्दिरमा बडादशैंको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा ८ लाख १६ हजार ४६० रुपैयाँ संकलन भएको गह्रौंसुर धार्मिक एवं पयर्टकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिए।

कोषाध्यक्ष गुरुङका अनुसार मन्दिरमा चढाइएको भेटी, पाठाको टाउको बिक्री, परेवा बिक्री, टीका थाली, दान पेटिका, होटल, पसल, सहयोग रसिद शीर्षकमा भेटी संकलन भएको हो।

बडादशैंको अवधिभर पूजा व्यवस्थापनका लागि २ लाख ७० हजार ८५ रुपैयाँ खर्च भएको उनले बताए। खर्च कटाएर बचत भएको ५ लाख ४६ हजार ३७५ रुपैयाँले मन्दिरमा पुजारीको पारिश्रमिक, लिफ्टिङ खानेपानी मर्मत, रंगरोगनका लागि खर्च गरिने छ। 

तत्कालीन बाइसे/चौबीसे राज्यअन्तर्गतको गह्रौंकोट राज्यका प्रथम राजा दशरथ खाणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्त्वको यस मन्दिर ५५० वर्ष पुरानो मानिन्छ।

प्रकाशित: Oct 27, 2022| 12:20 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।