सोमबार, वैशाख २८, २०८३

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउने चटारो

ताप्लेजुङका किसानलाई यतिबेला अलैँची थन्क्याउने चटारो छ। दसैं पर्व सकिएलगत्तै यहाँका किसान अलैँची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन्।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

ताप्लेजुङ– ताप्लेजुङका किसानलाई यतिबेला अलैँची थन्क्याउने चटारो छ। दसैं पर्व सकिएलगत्तै यहाँका किसान अलैँची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन्।

National life

यो समय अर्थात् असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैँची टिप्न र थन्क्याउने चटारो भएको हो। जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची तल्लो औल क्षेत्रमा भदौदेखि टिप्न सुरु गरिन्छ।

माथिल्लो लेक क्षेत्रमा मंसिर महिनासम्म अलैँची टिप्ने गरिन्छ। यसरी भदौ महिनादेखि मंसिरसम्म अलैँची थन्क्याउनलाई समय लाग्ने भए पनि अहिले मध्य अर्थात् मुख्य सिजन भएकाले किसानलाई भ्याइनभ्याइ भएको छ।

अलैँची सङ्कलन गर्ने समय भएपछि सङ्कलन गर्न ढिलो भएमा वन्यजन्तुले खाइदिने नोक्सानी गरिदिने हुँदा अलैँची खेतीमा संलग्न किसानले दशैँ तिहारजस्ता चाडपर्व सहज गरी मनाउन पाउँदैनन्।

चरा, मुसा र कालाजस्ता जङ्गली जनावरले अलैँची खाएर क्षति गर्ने गर्छन्। त्यसैले चाडपर्व नभनी किसानले अलैँची थन्क्याउन व्यस्त रहन्छन्। अलैँचीको मुख्य सिजन भएकाले अलैँची बारी (बगान) मा नै चाडपर्व बितिरहेको फुङ्लिङ नगरपालिका –६ बिहीबारेका किसान केदार पतङ्वाले बताए।

दसैं पर्व घरमा बसेर मनाउन पाए पनि तिहार भने अलैँची थन्क्याउने चटारोले जङ्गलमै बितिरहेको उहाँको भनाइ छ। यस्तै, फुङ्लिङ नगरपालिका वडा नम्बर  ६ कै अर्का किसान खाङ्डो शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमा तिहार पर्व बितिरहेको बताए।

घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली  जीवजन्तुले क्षति गर्ने भएपछि चाडपर्व र तिहार नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताए।

जिल्लाको नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्ने गरिन्छ। जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ।

प्रकाशित: Oct 27, 2022| 11:50 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।