सोमबार, वैशाख २८, २०८३

बैतडीको धामीगाउँमा पहिलोपटक बिजुली पुग्यो

बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको छ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा पहिलोपटक बिजुली पुगेको छ।

National life

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएपछि वडा नम्बर ७ मा रहेको गाउँपालिकाको केन्द्र धामी गाउँमा बिजुली पुगेको हो।

उज्यालो डिलाशैनी अभियान अन्तर्गत पहिलोपटक गाउँपालिका केन्द्रमा बिजुली पुर्याएको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए।

धामीगाउँमा रहेको पालिकाको केन्द्रमा बत्ती बालिएको छ। पालिकाका अन्य ठाउँमा पनि लाइन विस्तारको काम तीव्रताका साथ अगाडि बढाएको उनले बताए।

लामो समयदेखि टुकी बत्तीको भरमा रहेको बस्तीमा तिहारकै बेला बिजुली बलेपछि स्थानीय बासिन्दा खुसी भएका छन्।

पहिलोपटक बिजुली पुग्दा निकै खुसी लागेको र तिहार झिलीमिली भएको त्यहाँका हरिश धामीले बताए


प्रकाशित: Oct 27, 2022| 11:20 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।