सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

काठमाडौं- बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ। गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा बायर्न म्युनिखसँग ३-० गोल अन्तरले पराजित भएसँगै बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको हो।

बायर्न म्युनिखको जितमा साडियो माने, एरिक म्याक्सिम र बेन्जामिन पाभार्डले एक एक गोल गरेका थिए। समुह सी बाट बायर्न म्युनिखले ५ खेलमा सबै खेल जितेर १५ अंकसहित यसअघि नै नकआउट चरणमा पुगिसकेको छ भने यस समुह बाट इन्टर मिलान नकआउट चरणमा पुगेको छ।

त्यस्तै बार्सिलोना लगातार दोस्रो बर्ष समुह चरणबाट बाहिरिएको छ। यस समुहबाट भिक्टोरिया प्लेजेन पनि बाहिरिएको छ।

प्रकाशित: Oct 27, 2022| 07:44 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।