सोमबार, वैशाख २८, २०८३

धरानमा दुई करोड मूल्य बराबरको फूल कारोबार

तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ। सोमबार, मङ्गलबार र आज कृषि उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

धरान– तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ। तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ। सोमबार, मङ्गलबार र आज कृषि उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो। खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ। 

National life

यही सयपत्री फूलले दिदीबहिनीले दाजु भाइलाई पूज्ने गरिन्छ। कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सयपत्री फूल गत वर्षभन्दा महँगो भएकोले भारतबाट आएको फूलको माला छिट्टै धेरै सङ्ख्यामा बिक्री भएको छ। लक्ष्मी पूजाको दिन मात्र एक करोडको कारोबार भएको थियो।

पन्ध्र दिन अघि नै भारतको कोलकत्ताबाट दुई लाख तयारी माला ल्याइएका थिए। नेपाली फूलका करिब दुई लाख नै माला बिक्री भएको व्यवस्थापक भट्टराईले जानकारी दिए। भारतीय डेढ लाख माला ५० को दरले बिक्री भएको छ भने नेपाली फूलको माला औसत एक सय रुपैयाँ परेको उनले बताए। भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको फूल व्यवसायी भक्त राईले बताए। 

‘यसपाली स्थानीय उत्पादन कम भयो त्यही भएर भारतीय फूलको कारोबार बढ्न गयो। तर गत वर्षको तुलनामा मूल्य वृद्धिसँगै कारोबार पनि बढेको छ।’ व्यवस्थापक भट्टराईले भने। उनका अनुसार गतवर्ष एक करोड १५ लाखको फूलको कारोबार भएको थियो। भारतीय फूल न्यून आएको थियो। तर यस पटक फूलको कारोबार पनि बढेको छ।

भारतबाट पनि धेरै फूल भित्रिएको उनको भनाइ छ। आज साँझसम्म बजारमा फूलको कारोबार हुँदा बिक्री सङ्ख्या अझै बढ्ने उनले बताए।  रासस

प्रकाशित: Oct 26, 2022| 20:30 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।