सोमबार, वैशाख २८, २०८३

तीन महिनामा १२ लाख राजश्व संकलन

तीन महिनाको अवधिमा एक हजार सात सय सवारी साधनलाई कारबाही गरी ११ लाख ८९ हजार राजस्व संकलन गरेको हो।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

ढोरपाटन– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालू आर्थिक वर्षको हालसम्म झण्डै १२ लाख राजस्व संकलन गरेको छ। तीन महिनाको अवधिमा एक हजार सात सय सवारी साधनलाई कारबाही गरी ११ लाख ८९ हजार राजस्व संकलन गरेको हो। सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम टिपर कारबाहीमा परेका छन्। पाँच सय २३ मोटरसाइकल र दुई ४२ टिपर कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले जानकारी दिए।

National life

उनका अनुसार ट्र्याक्टर तीन सय २३, जीप तीन सय १० र दुई सय ८३ वटा बस कारबाहीमा परेका छन्। मोटरसाइकलबाट तीन लाख ६२ हजार, ट्र्याक्टरबाट दुई लाख ३० हजार पाँच सय, जीपबाट दुई लाख १३ हजार पाँच सय, बसबाट एक लाख ८७ र ट्रिपरबाट एक लाख ७४ हजार पाँच सय रुपैयाँ संकलन भएको केसीको भनाइ छ। उनले चालकलाई कारबाहीभन्दा बढी सचेत गराएको हुँदा राजस्व कम संकलन भएको बताए।

‘हामीले चालकलाई कारबाहीभन्दा पनि सचेत गराउने गरेका छौँ, पटक-पटक सचेत गराउँदा पनि अटेरी गरेपछि चिट काट्ने हो, सचेत नबनाइ जरिवाना गरेको भए यसको डबल राजस्व संकलन हुन्थ्यो, हामी चालकलाई जिम्मेवार बनाउनुपर्छ भनेर लाग्यौँ’ उनले भने,’बागलुङको ट्राफिक व्यवस्थासमेत सुधार भएको हुँदा पछिल्लो समय कारबाहीमा कम पर्नु हुन्छ।’

गत साउनदेखि हालसम्म जिल्लामा चार सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना गम्भीर र ६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बागलुङको तथ्यांकमा उल्लेख छ। यो अवधिमा एक सय तीन पटक ट्राफिक सचेतना कार्यक्रम गरेको प्रमुख केसीले बताए। 

यस कार्यक्रमबाट १४ हजार छ सय ६४ नागरिक लाभान्वित भएको उनको भनाइ छ। ‘नागरिकलाई ट्राफिक सचेतनाका लागि हामीले विभिन्न ठाउँमा पुगेर कार्यक्रम गरेका छौँ, सडकमा, स्कुलमा, सवारी चालक अनुमति पत्र लिने स्थानमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्‍यौँ, यो कार्यक्रम अहिले पनि निरन्तर चलिरहेको छ,’ उनले भने–’यो कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनिकरणमा ठूलो टेवा पुगेको आभाष भएको छ, अघिल्लो वर्षका तुलनामा यस वर्ष दुर्घटना पनि कम भएका छन्।’  -रासस

प्रकाशित: Oct 26, 2022| 19:10 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।