मंगलबार, वैशाख २९, २०८३

आँखाका लागि घातक हुन सक्छ पटाका प्रदूषण

दीपावली उज्यालोको पर्व हो। हिन्दु धर्मावलम्बीहरूले यस पर्वलाई उत्साहका साथ मनाउने गर्छन्। लक्ष्मीको पूजा, रोशनी, रंगोली, पटाका र घरको सजावटले तिहारमा व्यग्लै रौनकता छाएको हुन्छ।
 |  बिहीबार, कात्तिक १०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १०, २०७९

दीपावली उज्यालोको पर्व हो। हिन्दु धर्मावलम्बीहरूले यस पर्वलाई उत्साहका साथ मनाउने गर्छन्। लक्ष्मीको पूजा, रोशनी, रंगोली, पटाका र घरको सजावटले तिहारमा व्यग्लै रौनकता छाएको हुन्छ।

National life

यो उमंगको पर्व हो। तर, यो समयमा अलिकति पनि लापरबाही गर्नु हुँदैन। तिहारको बेला खानपानदेखि दिनचर्यामा विशेष ध्यान दिनुपर्छ।  स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। पटाका पड्काउँदा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।

स्वास्थ्य विशेषज्ञका अनुसार पटाका जलाउँदा मानिसको आँखामा समस्या देखिने गर्छ। पटाका पड्काउन खोज्दा सावधानी अपनाइएन भने आँखामा चोट लाग्न सक्छ। यसका साथै पटाकाबाट निस्किने धुवाँले पनि आँखामा दीर्घकालीन असर गर्ने जोखिम हुन्छ।

पटाकालाई लिएर बढ्दो लापरबाहीका कारण हात, औंला तथा आँखामा जोखिमको खतरा हुन्छ। पटाकाको धुवाँका कारण आँखामा जलनको जोखिम हुन्छ। यसको छर्रा लागेमा आँखामा घाउ नै लाग्ने हुनसक्छ।

बालबालिकाहरूले पटाका जलाउँदा घरका ठूलो मानिसले ध्यान पुर्‍याउनुपर्छ। मानिसभन्दा टाढा राखेर नै पटाका जलाउनुपर्छ। पटाका पड्काउँदा त्यसको वरपर रहेका ज्वलनशील पदार्थलाई हटाउनुपर्छ।

पटाका जलाउँदा आँखालाई सुरक्षित राख्ने चस्माको प्रयोग गर्नुपर्छ। आँखा चिलाउँदा, जलन हुँदा वा चोट लाग्दा तुरुन्त नेत्र रोग विशेषज्ञलाई देखाउनुपर्छ। - अमर उजालाबाट

प्रकाशित: Oct 27, 2022| 06:30 बिहीबार, कात्तिक १०, २०७९
प्रतिक्रिया दिनुहोस्