आइतबार, मंसिर २८, २०८२

आत्मनिर्भर बन्न सघाउँदैछ फूलखेती [तस्बिरसहित]

'अब उचित तालिम मिलेमा अगाडि बढ्न हौसला मिल्ने थियो,’ उनले भनिन्, ‘उद्यमी हुँदा दुईचार पैसा हातमा पर्छ। यसमै खुशी छौँ। श्रीमानसँग हात थापिरहनुपर्दैन।’
 |  मंगलबार, कात्तिक ८, २०७९

निशा श्रेष्ठ

निशा श्रेष्ठ

मंगलबार, कात्तिक ८, २०७९

भरतपुर- भरतपुर महानगरपालिका-९ संगम टोलका महिलाहरुलाई अहिले सयपत्री फूल टिप्न र माला उन्न भ्याइनभ्याइ छ। दिदीभाइको भातृत्व र प्रेमको प्रतिकको पर्व तिहार सुरु भएसँगै बारीमा ढकमक्क फूलेका  फूलको व्यापारमा उनीहरु मग्न छन्। उनीहरुले श्री संगम कृषक महिला समूह खडा गरेर तीन वर्षयता फूलखेती गर्दै आएका छन्। 

National life

२५ जना महिला जोडिएको यो समूहले यसवर्ष १० कठ्ठा जग्गामा सयपत्री लगाएको छ। फूलखेतीले अर्थोपार्जनसँगै महिला उद्यमीको पहिचान दिलाएकोमा उनीहरु खुशी छन्। कृषक महिला समूहकी अध्यक्ष शोभादेवी पाण्डे घरायसी कामबाट फूर्सद निकालेर फूलखेतीको लागि दिदीबहिनीहरुले समय छुट्याउने गरेको बताउँछिन्। 

तीन वर्षअघि वडा नम्बर ९ का वडाअध्यक्ष यमलाल कँडेलले पुष्प नर्सरी गर्नका लागि गरेको आग्रहले सयपत्री फूलखेतीमा आफूहरु लाग्न प्रेरणा मिलेको उनी बताउँछिन्। 

‘भरतपुरको मुटु हाकिमचोक नजिकै बसेर फुलखेती गरौँ। टोल र वडाको नाम हुन्छ महिला उद्यमी भएर देखाउनुपर्छ भनेर फुलखेतीमा लागेका हौँ,’ उनले भनिन्। सुरुमा ५/५ हजार प्रतिसदस्य उठाएर पाँच कठ्ठामा सुरु गरेको फूल खेती बढाएर अहिले १० कठ्ठा पुगेको अध्यक्ष पाण्डे बताउँछिन्। तिहारको बेला सयपत्री र अघिपछि दुईवटा टनेल बनाएर नर्सरीको काम गरिराखेको उनले उल्लेख गरिन्। यस्को लागि उनीहरुलाई भरतपुर महानगरले अनुदान पनि उपलब्ध गराएको छ। 

'अब उचित तालिम मिलेमा अगाडि बढ्न हौसला मिल्ने थियो,’ उनले भनिन्, ‘उद्यमी हुँदा दुईचार पैसा हातमा पर्छ। यसमै खुशी छौँ। श्रीमानसँग हात थापिरहनुपर्दैन।’

अघिल्लो वर्ष एक लाख बराबरको फूल बक्री गरेका उनीहरु यसपालि पनि उही हाराहारीमा बिक्री हुने आकलन गरेका छन्। तिहारको बेला सयपत्री बेच्न सहज भएपनि अघिपछि बजारीकरणको अभाव रहेको उनको गुनासो छ। सिजनमा त खोसाखोस हुन्छ। फूलको बजार भइदिए बाह्रै मास उत्पादन गरेर उपलब्ध गराउने महिलाहरुको भनाइ छ। फूलखेतीबाटै हाल ठूलै अर्थोपार्जन नभएपनि महिलाहरु एकिकृत भएर व्यवसायमा लाग्दा पहिचान मिलेकोमा सन्तुष्ट  मिलेको समूहकी सचिव शकुन्तला पन्त रेग्मी बताउँछिन्।

Laxmi sunrise bank
kumari

‘सबैका बालबच्चा छन्। घरपरिवार पनि हेर्नुपर्छ ।घरको कामबाट समय निकालेर गरको फूलखेतीले हामीलाई पहिचान पनि दिलाएको छ,’ उनले भनिन्। वडाबाट देखाएको बाटोलाई आफूले पछ्याए पनि उचित तालिमको अभावले भने जोखिमको चुनौती उत्तिकै रहेको उनी बताउँछिन्। 

‘एकदिनको तालिम त लिएका थियौँ त्यति मात्रै हामीलाई पर्याप्त छैन। महानगरले अनुदान पनि उपलब्ध गराएको छ। अब उचित तालिम मिलेमा अगाडि बढ्न हौसला मिल्ने थियो,’ उनले भनिन्, ‘उद्यमी हुँदा दुईचार पैसा हातमा पर्छ। यसमै खुशी छौँ। श्रीमानसँग हात थापिरहनुपर्दैन।’

प्रकाशित: Oct 25, 2022| 14:23 मंगलबार, कात्तिक ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।