शनिबार, असार ६, २०८३

१२खरी कथामा नवीन अभिलाषी प्रथम

‘डिसहोम १२खरी कथा लेखन प्रतियोगिता–२०७९’ मा कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम भएको छ। पत्रकारितामा सक्रिय रही नेपाल समयकर्मीसमेत रहेका अभिलाषीले प्रमाणपत्र र ट्रफीसहित नगद एक लाख रुपैयाँ प्राप्त गरेका छन्।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं- बाह्रखरी मिडियाद्वारा आयोजित चौथो संस्करणको ‘डिसहोम १२खरी कथा लेखन प्रतियोगिता–२०७९’मा कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम भएको छ। पत्रकारितामा सक्रिय रही नेपाल समयकर्मीसमेत रहेका अभिलाषीले प्रमाणपत्र र ट्रफीसहित नगद एक लाख रुपैयाँ प्राप्त गरेका छन्।

National life

रमेशजङ्ग थापाको कथा ‘डढेको आकाश’ दोस्रो भएको छ। थापाले ट्रफीसहित ६० हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। यस्तै, कथाकार रुमु न्यौपानेको कथा ‘घूँघट’ तेस्रो भएको छ। न्यौपानेले ट्रफीसहित ४० हजार नगद प्राप्त गरेकी छन्।

डिसहोम १२खरी कथा लेखनको चौथो स्पर्धामा नेपालसहित अमेरिका, बेलायत, अष्ट्रेलिया, चीन, भारत, कतार, यूएई, मलेसियालगायत मुलुकबाट ५९६ कथा प्राप्त भएका थिए। तीमध्येबाट उत्कृष्ट २५ कथा छानिएका थिए। उत्कृष्ट २५ भित्रबाट प्रथम, द्वितीय र तृतीय कथा पनि छनोट गरिएको छ। साथै, २५ कथाको सँगालो ‘उत्कृष्ट कथा–२०७९’ पनि लोकापर्ण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमाले ‘१२खरी उत्कृष्ट कथा–२०७९’ पुस्तकको लोकार्पण गरे।

१२खरी कथा लेखन प्रतियोगिता–२०७९ मा अजित रुपाबुङको ‘अब रुन्नँ कहिल्यै’, काशीलाल अधिकारीको ‘धमेलो’, डा. गोमा अधिकारीको ‘बालन’, चन्दन अर्यालको ‘नियति’, चेतनाथ आचार्यको ‘राजकुमारी दिक्पाल’, जनक कार्कीको ‘विरुपाक्ष’, जीवन खत्रीको ‘लेख्न नचाहेको कथा’, दीपेन्द्र दोङ तामाङको ‘देवता बनाउने मान्छे’, दुर्गा ढेँगाको ‘भोक’, द्वैपायन रेग्मीको ‘म अश्वत्थामा’, डा. नवीनबन्धु पहाडीको ‘निर्धो समय’, नवीन अभिलाषीको ‘दमाहा’ उत्कृष्ट २५ कथाभित्र परेको छ।

Shivam cement

यस्तै, पूजा आराधनाको ‘बयान’, प्रतीक्षा घिमिरेको ‘ढक–ढक’, प्रोल्लास सिन्धुलीयको ‘मच्छिनी–दंशन’, महेन्द्र महकको ‘क्षतिपूर्ति’, मोहित जोशीको ‘हेबियस कोप्र्स’, रमा अधिकारी कादम्बरीको ‘पुरुष वेश्या’, रमेशजंग थापाको ‘डढेको आकाश’, राधिका कल्पितको ‘मालती मिस’, रुमु न्यौपानेको ‘घूँघट’, डा. विनोद ढकालको ‘व्यार’, वीरसिंह विश्वकर्माको ‘काँठीबच्छी’, सेसे फुङको ‘नागरिकता’ र सिर्जु शाहको ‘कचेरा’ उत्कृष्ट २५ कथाभित्र परेका छन्। 

यसपटकदेखि उक्त कृतिमा वरिष्ठ आख्यानकारका पाँच कथा पनि समावेश गरिएको छ। ‘१२खरी उत्कृष्ट कथा–२०७९’ कृतिमा आख्यानकारहरू डा. ध्रुवचन्द्र गौतम, माया ठकुरी, डा. बेन्जु शर्मा, राजव तथा अविनाश श्रेष्ठका कथाहरू पनि समेटिएको छ।

प्रतियोगिताका लागि देश-विदेशबाट प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथा तथा अतिथि कथाकारहरूको कथासहित ३० कथाको सँगालो ‘१२खरी उत्कृष्ट कथा-२०७९’ फाइन प्रिन्टले प्रकाशित गरेको हो। कृतिको सम्पादन साहित्यकार राजेन्द्र पराजुलीले गरेका हुन्।

१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्यांकन समिति गठन गरेको थियो। बाह्य निर्णायकहरूमा प्रा. डा. कुमारप्रसाद कोइराला संयोजक थिए भने अध्येता सगुना शाह र कथाकार उमा सुवेदी सदस्य थिए। आन्तरिक मूल्यांकन समितिमा बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारी र राजेश खनाल रहेका थिए।

लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनप्रतिको आकर्षण कम हुँदै गएका कारण १२खरी बुक्सले कथा प्रतियोगिताको आयोजनालाई महत्व दिँदै आएको बताएको छ। यो कथा प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्ता समेतको सहभागिता रहने गरेको छ।

प्रकाशित: Oct 23, 2022| 15:55 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।