आइतबार, साउन १०, २०८३

भाइको हत्या गर्ने ७४ वर्षीय बृद्ध पक्राउ

अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाइको हत्या गरेका छन्। जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १ घर भएका हिम बहादुर गमालले आफ्नै सहोदर भाइ वीरबहादुर गमालको हत्या गरेका हुन्।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

अर्घाखाँची- अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाइको हत्या गरेका छन्। जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १ घर भएका हिम बहादुर गमालले आफ्नै सहोदर भाइ वीरबहादुर गमालको हत्या गरेका हुन्।

यही कार्तिक २ गते राती भिरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्को दिन बिहानमात्र फेला परेको थियो।

घटनाको अनुसन्धान गर्दा आफ्नै दाइले भिरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिम बहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ। 

प्रहरीका अनुसार २० गते दिउसो भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाट सँगै वृद्धभत्ता निकालेका दाजुभाइ हिँड्दै घर जाने क्रममा आपसी विवाद भएपछि घचेटा घचेट भएको थियो।

दुई दाजुभाइबीच लेनदेनमा भएको विवादमा दाइले घचेट्दा भाइ भिरबाट खसेको प्रहरीले जनाएको छ। भिरबाट खसेका गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Oct 22, 2022| 10:40 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।