मंगलबार, वैशाख २९, २०८३

कुम्भकार समुदाय माटोको भाडा बनाउन र बिक्रीमा व्यस्त

एक बिहानै सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकारहरु कोही माटो मुछ्न त कोही माटोको भाँडा बनाउन व्यस्त हुन्छन्। उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहज रुपमा पुर्‍याउने।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

सुनसरी- एक बिहानै  सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकारहरु कोही माटो मुछ्न त कोही माटोको भाँडा बनाउन व्यस्त हुन्छन्। उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहज रुपमा पुर्‍याउने।

National life

सदरमुकाम इनरुवा, लौकही, हरिपुर लगायतका स्थानमा रहेका कुम्भकारले स्थानीयको चाडपर्व सहज बनाउने उद्देश्यले माटोको भाँडा बनाउने काममा व्यस्त बनेको स्थानीय श्रीप्रसाद पण्डितले बताए। कुम्भकार समुदायले दीपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दीयोसहितका विभिन्न किसिमका भाँडाकुँडा बनाउने र बिक्री गर्ने काममा व्यस्त बनेको पाइएको छ। 

भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडि देखि नै माटोको जोहो गर्ने गरिन्छ। एक महिनाअगाडि सम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय देवनारायण पण्डितको भनाइ छ।

नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा उनीहरुको दिनचर्या व्यस्त बनेको छ। दीपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलश लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु सामान बनाउने काममा लागेको स्थानीय सियाराम पण्डितको भनाइ छ।  

पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले सो कार्यमा व्यस्त बन्ने गर्छन्। पर्वलाई उल्लासमय बनाउन सहयोग गर्ने उद्देश्यले काम केही दिन अगाडि देखि नै गरे पनि निकै चुनौतीसमेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताए। 

प्रजापति समुदायका व्यक्तिले हात तथा मेसिनबाट भाँडो बनाई गाउँघरदेखि सहरसम्म बेच्न लान्छन्। उनीहरुको पेसालाई सरकारी पक्षले संरक्षण गर्नका लागि ध्यान दिनु जरुरी रहेको इनरुवाका सरोकारवालाहरुले बताएका छन्।

कोरोना महामारीका कारणले विगतका वर्षमा माटोको भाँडाको कारोबार कम भएको थियो। यसपटक माटोको कारोबारमा वृद्धि भए पनि बजारमा आएका विभिन्न किसिमको प्लास्टिक तथा विद्युत्को सामग्रीले झन् समस्या र चुनौती थपिँदै गएको कुम्भकार समुदायको भनाइ छ।

प्रकाशित: Oct 22, 2022| 09:54 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।