मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध खुला, पाँच सर्त पालना गर्नुपर्ने

प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध खुला, पाँच सर्त पालना गर्नुपर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गरेको छ। प्राधिकरणले शनिबारबाट प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गरेको छ। प्राधिकरणले शनिबारबाट प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।

National life

गत असोज ३० गते पोखरामा, नबौं राष्ट्रिय खेलकुदको क्रममा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको प्याराग्लाइडिङ अवतरणका क्रममा मृत्यु भएको थियो। सो घटनापछि प्राधिकरणले देशभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको थियो।

घटनापछि प्याराग्लाइडिङ उडानलाई सुरक्षित र व्यवस्थित बनाउन प्राधिकरणले गत बुधबार उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो। सो समितिको प्रतिवेदनपछि नै प्राधिकरणले पाँच शर्तसहित प्याराग्लाइडिङ उडान खुलाउने निर्णय गरेको हो। 

यससँगै प्याराग्लाइडिङ उडान खुला गरे पनि सञ्चालनका लागि पाँच नियमको पालना गर्नुपर्ने छ।

यस्ता छन् सर्त

१. प्याराग्लाइडिङ उडानलाई थप नियमित सुरक्षित तथा व्यवस्थित बनाउन प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडानबाहेक अन्य उडान गतिविधि गराउन पाइने छैन।

२. आगामी १५ दिनभित्र हवाइ खेलकुद संघ, नेपालबाट प्याराग्लाडिङ उडानको लाइसेन्स लिएका सबै पाइलटले प्राधिकरणले तोकेको मेडिकल लेभल-२ र मनोवैज्ञानिक अवस्थाको समेत परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ।

३. व्यावसायिक उडानमा संलग्न पाइलटहरूले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोसाक लगाउनुपर्ने र उक्त पोसाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनु पर्नेछ।

४. व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका 'एयर-वर्दिनेस इन्सपेक्टर' को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने।

५. पाइलटको 'रिफ्रेसर एड्भान्स्ड ट्यान्डेम एस.आइ.भी' तथा आपतकालीन अवस्थामा 'ट्यान्डेम रेस्क्यु' उपयोग गर्ने प्रयोगात्मक तालिम वर्षको एकपटक गर्ने।

प्रकाशित: Oct 22, 2022| 08:27 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।