सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सात लाख ५० हजार घुससहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी पक्राउ

सात लाख ५० हजार घुससहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंमा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंमा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ। कार्यालय सहयोगी होमनाथ खतिवडालाई घुस लिएको आरोपमा शुक्रबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

खतिवडाले मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

कार्यालय सहयोगी खतिवडाले सेवाग्राहीबाट पाँच हजार रुपियाँ लिइसकेको अवस्थामा निजलाई खानतलासी गर्दा स्रोत नखुलेको तीन लाख अठार हजार छ सय रुपियाँ नगद र सात लाख पचास हजार रुपियाँको चेकसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: Oct 22, 2022| 07:29 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।