शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लजमा आएका गेस्टको अश्लील भिडियो बनाउने सञ्चालक पक्राउ

लजमा आएका गेस्टको अश्लील भिडियो बनाउने सञ्चालक पक्राउ

नेपाल प्रहरीले लजको कोठाभित्र गोप्य रुपमा अश्लील भिडियो रेकर्ड गर्ने एक जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- नेपाल प्रहरीले लजको कोठाभित्र गोप्य रुपमा अश्लील भिडियो रेकर्ड गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले असोज २ गते काठमाडौँ महानगरपालिका–३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाको गोप्य रुपमा अश्लील भिडियो रेकर्ड गर्ने क्याफेका म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले गेष्ट हाउसमा बस्ने विभिन्न व्यक्तिको अश्लील भिडियो रेकर्ड गरेकाले मालीलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले पक्राउ व्यक्तिले रेकर्ड गरेको भिडियोसहित आइफोन १२ प्रो म्याक्स मोबाइल समेत बरामद गरेको छ।

पक्राउ मालीलाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए।

प्रकाशित: Oct 21, 2022| 21:05 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।