सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फ्री भिसामा विदेश पठाउन ब्यानर राखेको भन्दै म्यानपावरलाई स्पष्टीकरण

फ्री भिसामा विदेश पठाउन ब्यानर राखेको भन्दै म्यानपावरलाई स्पष्टीकरण

असोज ३० र ३१ गते बारा जिल्ला परवानीपुर गाउँपालिका-३ लिनीमाल स्थित बिएस पार्टी प्यालेसमा फ्री भिसा फ्री टिकटमा मलेसिया पठाउने ब्यानर राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- निर्वाचन आयोगले ग्वार्को ललितपुरस्थित इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीलाई स्पष्टीकरण सोधेको छ। असोज ३० र ३१ गते बारा जिल्ला परवानीपुर गाउँपालिका-३ लिनीमाल स्थित बिएस पार्टी प्यालेसमा फ्री भिसा फ्री टिकटमा मलेसिया पठाउने ब्यानर राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। उक्त कार्यले निर्वाचन प्रभावित हुने भन्दै आयोगले स्पष्टीकरण सोधेको उल्लेख गरेको छ। 

‘मलेसियाको स्वारीकात सिन क्वाङ प्लास्टिक इन्डन्ट्रिज मा शून्य लागत (फ्रि भिसा, फ्रि टिकेट) मा ८०० जना युवालाई पठाउने भनी फाराम संकलन गरिएको तथा उक्त कार्य मतदातालाई प्रभावित गर्ने गरी गरिएको भन्ने व्यहोराको लिखित जानकारी आयोगमा प्राप्त भएको विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,' आयोगले भनेको छ। 

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) विरुद्ध भएकाले म्यानपावरलाई पत्र काटिएको आयोगले उल्लेख गरेको  छ। 'त्यस म्यानपावर कम्पनीबाट उक्त कार्य भएको होइन भनि पुष्टी गर्ने आधार प्रमाण के छ? तहाँबाट निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) को उल्लंघन हुने कार्य भएको भए तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिवाना किन हुनु नपर्ने हो? यो पत्र त्यस म्यानपावरमा कुनै माध्यमबाट प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा त्यस म्यानपावर कम्पनीको प्रमुख सञ्चालक वा अधिकारी स्वयं उपस्थित भई लिखित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ,' आयोगले म्यानपावरलाई काटेको स्पष्टीकरणपत्रमा उल्लेख छ। 

प्रकाशित: Oct 21, 2022| 20:04 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।