आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अभिव्यक्ति स्वतन्त्रताको मुद्दा जितेरै छाड्ने कमेडियन अपूर्वको अठोट

अभिव्यक्ति स्वतन्त्रताको मुद्दा जितेरै छाड्ने कमेडियन अपूर्वको अठोट

अपूर्वले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यो मुद्दा आफ्नो मात्रै नभएर सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताका लागि भएकाले जितेरै छाड्ने प्रण गरेका हुन्।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं– बिहीबार साढे २ लाख धरौटीमा दोस्रो पटक रिहा भएका कमेडियन अपूर्व क्षितिज सिंहले यो मुद्दा आफूले जितेरै छाड्ने अठोट गरेका छन्। नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरी परेपछि अपूर्व दसैंअघि नै १२ दिन प्रहरी हिरासतमा बसेका थिए।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यो मुद्दा आफ्नो मात्रै नभएर सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताका लागि भएको जनाएका छन्। उनले लेखेका छन्, ‘यो देशको व्यवस्था कस्तो छ भन्नेबारे म नेपाली नागरिकलाई भन्न चाहन्छु। यो मुद्दा कति गम्भीर छ भन्ने कुरा थाहा पाउन जरुरी छ। नेपालमा यस्तो खाले मुद्दा पहिलो हो र यसमा के हुन्छ, कसैलाई थाहा छैन। यो मुद्दा हारियो भने जसले जसलाई पनि मुद्दा हाल्न मिल्छ। कसैले केही बोल्न पाउँदैन। मान्छे किन देश छाडेर विदेश जान्छन् भन्ने कुरा मैले बल्ल बुझ्दै छु तर म जान्नँ। यो मुद्दा म जितेरै छाड्छु। सीए पढेको मान्छे हुँ, म। हार मान्न सिकेको छैन। यो मेरो मात्रै मुद्दा होइन, हामी सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताका लागि हो।’

आफूमाथि लगाइएका मुद्दाको किनारा लाग्न बाँकी रहेको उनले बताए। उनले आफूप्रति सद्भाव व्यक्त गर्ने समर्थकलाई धन्यवाद दिएका छन्। दोस्रो पटक पक्राउ परेर प्रहरी हिरासतमा रहेका कमेडियन क्षितिजविरुद्ध बुधबार एकसाथ ४ वटा मुद्दा दर्ता भएका थिए। जिल्ला सरकारी वकिलको कार्यालयले जातीय विभेदविरुद्धको कसुर, सार्वजनिक शान्तिमा खलल पुर्‍याउन नहुने कसुर, सामाजिक रीतिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने, जातिवादका आधारमा छुवाछूत गर्न नहुने र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा मुद्दा दायर गरेको थियो।

कोरोना संक्रमण भएपछि यसअघि उनी २२ भदौमा हाजिरी जमानीमा रिहा भएका थिए। बुधबार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेसँगै बिहीबारदेखि उनीविरुद्ध थुनछेक बहस भएको हो। ‘सीमित सूचना मात्रै बाहिर आउँदो रहेछ तर भित्र फरक हुँदोरहेछ। भित्रै सुरक्षित हुँदो रहेछ भन्ने हुँदो रहेछ’, उनले भने। सामाजिक रुपमा माफी मागेपछि पनि आफूमाथि अन्याय भएको उनको गुनासो छ।उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘के मैले मर्नै पर्ने हो यो समस्या समाधान हुन? नत्र किन यति दुःख दिइयो? यो मुद्दा जितेरै छाड्नेछु।’

प्रकाशित: Oct 21, 2022| 16:28 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।