मंगलबार, वैशाख २९, २०८३

चितवन जिल्लामा एक हजार सात सय ७० कृषकको छैन जमिन

जिल्लामा रहेका एक लाख आठ हजार पाँच सय ७० घरधुरीमध्ये सो सङ्ख्याका कृषकले अर्काको जग्गामा खेती गर्दै आएका हुन्।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

चितवन- जिल्लामा एक हजार सात सय ७० घरधुरी कृषकले अर्काको जग्गा भाडामा लिएर कृषि कर्म गर्दै आएका छन्। यसरी खेती गर्नेमा स्वदेशी तथा विदेशी नागरिक रहेका छन्। जिल्लामा रहेका एक लाख आठ हजार पाँच सय ७० घरधुरीमध्ये सो सङ्ख्याका कृषकले अर्काको जग्गामा खेती गर्दै आएका हुन्।  

National life

जग्गाको स्वामित्व हुने कृषकको संख्या एक लाख छ हजार आठ सय  रहेको छ। कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा आफ्नो जग्गा हुने कृषकमध्ये शून्य दशमलव एक हेक्टरभन्दा कम जमिन हुने २६ हजार दुई सय ९० कृषक छन्।

यस्तै शून्य दशमलव एकदेखि शून्य दशमलव दुई हेक्टरसम्म जमिन हुने १९ हजार आठ सय ९९ घरधुरी, शून्य दशमलव दुईदेखि शून्य दशमलव पाँच हेक्टरभन्दा कम हुने ४४ हजार एक सय ३७ घरधुरी, शून्य दशमलव पाँचदेखि एक हेक्टरभन्दा कम जमिन भएका १२ हजार तीन सय ३७ घरधुरी रहेका छन्। 

एकदेखि दुई हेक्टर जमिन हुने तीन हजार चार सय ४६ घरधुरी, दुईदेखि तीन हेक्टर जमिन हुने एक सय ७३ घरधुरी, तीनदेखि चार हेक्टर जमिन हुने २६ घरधुरी, चारदेखि पाँच हेक्टर जमिन हुने एक सय ९२ घरधुरी, पाँचदेखि १० हेक्टर जमिन हुने दुई सय ८१ घरधुरी र १० हेक्टरभन्दा माथि जमिन हुने १९ घरधुरी रहेको कार्यालयका प्रमुख युवराज पाण्डेले जानकारी दिए। 

यी कृषकमध्ये जिल्लाका झण्डै ८० प्रतिशत किसानले आफ्नो उत्पादनको बिमा गरेका छैनन्। बीमा नहुँदा बेलाबखत आउने प्राकृतिक विपत्तिका कारण किसानले ठूलो क्षति बेहोर्न बाध्य भएका छन्। चितवनका किसानले बाली र पशुमा नयाँ–नयाँ रोग र बर्खामा बाढीको प्रकोप बेहोर्नुपरेको छ। 

कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा एक लाख आठ हजार पाँच सय ६७ किसान छन्। तीमध्ये ८४ हजार आठ सय ३३ किसानले निर्वाहमुखी कृषि पेसा गरेका छन्। एक हजार चार सय ४६ किसानले मात्रै व्यावसायिक कृषि गरेको केन्द्रका प्रमुख पाण्डेले बताए।

जिल्लाका ८६ हजार दुई सय ७९ अर्थात ७९.५ प्रतिशत किसानले कृषि बीमा गरेकै छैनन्। कृषि बीमा गरेका २२ हजार छ सय ८६ किसानमध्ये सबैभन्दा धेरै पशुपन्छी उत्पादन गर्ने किसान १८.७ प्रतिशत अर्थात २० हजार तीन सय ४५ छन्।

त्यस्तै बाली उत्पादनको बीमा गर्ने सात सय २४ (०.७ प्रतिशत), मत्स्यपालनको बीमा गर्ने एक सय ६० (०.१ प्रतिशत) र अन्य उत्पादनको बिमा गर्ने एक हजार चार सय ५४ जना (१.३ प्रतिशत) किसान छन्। जिल्लामा ४४ हजार पाँच सय ३७ हेक्टर कृषियोग्य जमिन छ। त्यसमध्ये ३५ हजार ८६ हेक्टर जमिनमा मात्रै सिँचाइ पुगेको उनले बताए। रासस

प्रकाशित: Oct 21, 2022| 14:30 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।