आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • असहाय बालबालिकालाई मासिक भत्ता दिन महानगरले माग्यो आवेदन

असहाय बालबालिकालाई मासिक भत्ता दिन महानगरले माग्यो आवेदन

महानगरभित्र स्थायी ठेगाना भएका, आमा–बुबा दुवै गुमाएका बालबालिकाले आवेदन दिन सक्ने।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं– काठमाडौं महानगरले नगरभित्रका असहाय बालबालिकालाई मासिक भत्ता उपलब्ध गराउन प्रस्ताव माग गरेको छ। शुक्रबार महानगरको सामाजिक विकास विभागले सूचनामार्फत यस्तो प्रस्ताव माग गरेको हो।

महानगरभित्र स्थायी ठेगाना भएका, आमा–बुबा दुवै गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण सुनिश्चित गरी सामाजिक संरक्षण गर्ने उद्देश्यले बुबा र आमा दुवैको मृत्यु भएका वा दुवैको संरक्षण र रेखदेखबाट वञ्चित भई अरुको संरक्षणमा बसेका बालबालिकाले यस्तो वृत्ति पाउनेछन्।

महानगरका अनुसार बुबा–आमाविहीन बालबालिका वा निजको संरक्षक वा स्याहारसुसार गर्ने व्यक्तिले आफू बसेको वडा कार्यालयमा तोकिएका कागजात लिएर आवेदन दिन सक्नेछन्।

३० दिनभित्र यस्तो आवेदन दिन सकिनेछ। आवेदन दिँदा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता भए त्यसको प्रतिलिपि), आमा–बुबा दुवैको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपिसमेत आवश्यक पर्ने महानगरले जनाएको छ।

विद्यालय भर्ना भई नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारिस पत्र र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।

प्रकाशित: Oct 21, 2022| 13:24 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।