सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य राज्यमन्त्री केसीलाई केही दिन आइसियुमै राखिने

स्वास्थ्य राज्यमन्त्री केसीलाई केही दिन आइसियुमै राखिने

डेंगु संक्रमण पुष्टि भएपछि वीर अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको हो।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री हिराचन्द्र केसीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। डेंगु संक्रमण पुष्टि भएपछि वीर अस्पतालमा भर्ना भएका केसीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको हो।

यसअघि  केसी टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए। 

वीर अस्पतालका निमित्त निर्देशक डा. भूपेन्द्र बस्नेतले केसीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। उनले भने, 'उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। एक दुई दिन आइसियुमै डाक्टरको निगरानीमा राख्छौं।' 

केसीलाई थप अब्जरवेसन गर्नुपर्ने भएकाले आइसियुमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

केसीको प्लेटलेस, हेमोग्लोवीन र सुगरको मात्रा सामान्य छ। चिकित्सकका अनुसार व्लडप्रेसरको मात्रा पनि ठिक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

प्रकाशित: Oct 21, 2022| 12:25 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।