झापा- भद्रपुर नगरपालिका-८ बाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक २४ वर्षीय युवकलाई पक्रा गरेको छ। पक्राउ पर्नेमा भद्रपुर-८ का आतिस राजवंशी रहेका छन्।
बिहीबार दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले राजवंशीलाई ४ ग्राम ७९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ।