शनिबार, असार ६, २०८३

आचारसंहिता उल्लंघनमा टुलुटुलु हेरेर बस्न सकिँदैन : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघनमा आयोग टुलुटुलु हेरेर नबस्ने बताएका छन्।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

विराटनगर- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघनमा आयोग टुलुटुलु हेरेर नबस्ने बताएका छन्। 

National life

आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दैमा कोकोहोलो मच्चाउने प्रवृत्ति आयोगका लागि चुनौतीको विषय भएको थपलियाले बताए।

विराटनगरमा शुक्रबार प्रदेश स्तरीय सञ्चार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्पष्टीकरण सोध्दैमा अहिले तरंग आएको बताए। उनले भने, 'आयोगका पछिल्ला निर्णयले अब भूकम्प नै ल्याउने छ।' स्पष्टीकरण कारबाही नभएर प्रक्रियाको सुरूवातमात्रै भएको प्रमुख आयुक्त थपलियाको भनाइ छ।

प्रदेश स्तरीय अन्तरक्रियामा उनले सञ्चार माध्यमलाई राजनीतिक दलका घोषणापत्रबारे पनि बहस चलाइदिन आग्रह गरे। उनले निर्वाचनको स्वच्छताले मात्रै लोकतन्त्र सबल हुने बताए। 

प्रमुख आयुक्त थपलियाले मतदाता परिचय पत्र नभए पनि मतदानबाट वञ्चित नगरिने बताए। उनले भने, 'लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र वा आधिकारिक निकायबाट जारी फोटोसहितको परिचय पत्र भए पनि हुन्छ।'

Shivam cement

प्रकाशित: Oct 21, 2022| 11:12 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...