शनिबार, भदौ २७, २०८३

‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक

घरायसी चोरी र प्रहरीले चोरलाई समात्न गरेको कारबाहीमाथि सिनेमाको कथा घुमेको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं– आगामी २५ कात्तिकबाट प्रदर्शनको तयारीमा रहेको ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक गरिएको छ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

लंका फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमामा धीरेन शाक्य, राजेन्द्र खड्गी, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रवि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राय, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राईको अभिनय छ।

लामो समयपछि धीरेन र राजेन्द्रले सिनेमामा काम गरेका छन् । घरायसी चोरी र प्रहरीले चोरलाई समात्न गरेको कारबाहीमाथि सिनेमाको कथा घुमेको छ। रोमान्स, इमोसन र एक्सन मिश्रित सिनेमामा बुद्धिले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् भने शोभित खलपात्रको भूमिकामा छन्।

आरएल लामा मोक्तान निर्देशित सिनेमालाई आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गरेका हुन्। जीवन लामा कार्यकारी निर्माता रहेको सिनेमाका सह–निर्माता करणबहादुर विष्ट र प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुन्।

रामेश्वर हुमागार्इंले खिचेको सिनेमाका गीतमा विकास चौधरीको संगीत, शिवम् अधिकारीको कथा, अजय स्याङतानको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन र राजु किराँतीको द्वन्द्व निर्देशन छ।


प्रकाशित: Oct 21, 2022| 11:05 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।