मंगलबार, वैशाख २९, २०८३

पाल्पामा भुस्याहा कुकुरको टोकाइबाट २८ जना घाइते

पाल्पाको माथागढी गाउँपालिका भित्रका ठाउँमा भुस्याहा कुकुरको टोकाइबाट एकै दिन २८ जना घाइते भएका छन्।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

पाल्पा- पाल्पाको माथागढी गाउँपालिका भित्रका ठाउँमा भुस्याहा कुकुरको टोकाइबाट एकै दिन २८ जना घाइते भएका छन्। 

National life

घाइतेहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। यस क्षेत्रका चिदीपानी, रुप्से र कसेनीलगायतका स्थानमा कुकुरले मानिस र पशु चौपायलाई टोक्ने गरेको स्थानीयको गुनासो छ। सो क्षेत्रमा केहि दिनयता भुस्याहा कुकुरको विगविगी बढेको छ।

बिहिबार भुस्याहा कुकुरको टोकाइबाट २८ जना घाइते भएका छन्। माथागढीको वडा नम्बर १, चिदीपानी, २ रुप्से र ३ कसेनीका मानिसलाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको माथागढी–१ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीले बताए।

भुस्याहा कुकुरले कोहीलाई अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा टोकेको छ । माथागढी १ को चिदीपानी बाहाखोक, कुनाबारी, ढकालकुना, दोहोरा, सोले खहरे, सराइ आसपासमा कुकुरले टोकेको हो।

२८ जनामध्ये तीन जनाको सामान्य उपचारपछि घर फर्किएको माथागढी-३, का अध्यक्ष तेजबहादुर घर्तीमगरले बताए। अन्य २५ जनाको मिसन अस्पतालमा रेबिजविरुद्धको इन्जेक्सन लगाएपछि थप उपचार भइरहेको उनको भनाई छ।

प्रकाशित: Oct 21, 2022| 10:38 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।