शुक्रबार, भदौ २६, २०८३

देशभर बढ्यो चिसो, जुम्लाको न्यूनतम तापक्रम १ डिग्री

देशभर चिसो बढेको छ। पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- देशभर चिसो बढेको छ। पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज मापन गरिए अनुसार जुम्लाको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ। त्यहाँको अधिकत तापक्रम १९ डिग्री सेल्सियस छ।

यस्तै, जोमसोमको न्यूनतम तापक्रम ३, जिरीको ७ दशमलव ९ र डडेल्धुराको न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ। 

त्यस्तै, काठमाडौंको बिहानको न्यूनतम तापक्रम १२ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम भने आज २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। 

केही दिनअघि बिहान र बेलुका मात्रै चिसो हुने गरेको भए पनि दुई तीन दिन यता दिउँसोको समयमा पनि चिसो हुन थालेको हो।

प्रकाशित: Oct 21, 2022| 09:42 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।