मंगलबार, वैशाख २९, २०८३

बर्दियाबाट पाटे बाघ नियन्त्रणमा

बर्दियाको ठाकुरबाबा नगरपालिका-६ को मालिका सामुदायिक वन क्षेत्रको शिवपुर फाँटाबाट पाटे बाघ नियन्त्रणमा लिइएको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

बर्दिया- बर्दियाको ठाकुरबाबा नगरपालिका-६ को मालिका सामुदायिक वन क्षेत्रको शिवपुर फाँटाबाट पाटे बाघ नियन्त्रणमा लिइएको छ।

National life

बर्दिया राष्ट्रिय निकुन्जको शिवपुर एकीकृत उपभोक्ता समूहअन्तर्गत ठाकुरबाबा नगरपालिका वडा नम्बर २, ६ र ७ मा पर्ने कालिगौडी, शिवपुर फाँटा, भदेली तथा बलाती गाउँ क्षेत्रमा पाटे बाघले मानिस र जनावरलाई आक्रमण गरिसकेको तथा स्थानीयवासीमा त्रास देखिएकाले नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ।

बर्दिया निकुञ्ज सुरक्षाका लागि खटिएको नेपाली सेना, नेपाल प्रहरी, बर्दिया निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका १५ जना प्राविधिक तथा तीन वटा हात्तीको सहयोगमा बिहीबार बिहान बाघ नियन्त्रणमा लिइएको बताइएको छ।

बाघको आक्रमणबाट शिवपुर क्षेत्रमा एक जनाको ज्यान गएको र अर्का एक जना घाइते भएपछि घटनास्थल क्षेत्रमा स्वचालित क्यामेरा जडान गरी भौतिकरूपमा नियमित अनुगमन गरिँदै आएको थियो। त्यसपछि समस्याग्रस्त बाघको पहिचान गरी निकुञ्जको विशेष टोलीले पाटे बाघलाई (डार्ट) लठ्याउने सुई प्रयोग गरी नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द संजेलले जानकारी दिए।

प्रकाशित: Oct 21, 2022| 08:55 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।