सोमबार, साउन ११, २०८३

७४ वर्षीय दाजुले गरे ७० वर्षीय भाइको हत्या

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आफ्नै ७० वर्षीय भाइको हत्या गरेको आरोपमा दाजु ७४ वर्षीय दाजु पक्राउ परेका छन्।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

बुटवल- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आफ्नै ७० वर्षीय भाइको हत्या गरेको आरोपमा दाजु ७४ वर्षीय दाजु पक्राउ परेका छन्।

बुधबार दिउँसो करिब ४ बजेको समयमा वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर गमालले भत्ता बुझेपछि हिँड्दै घर फर्किएको प्रहरीले जनाएको छ।

घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा लेनदेको विषयमा दुई भाइको सामान्य विवाद भइ धकेलाधकेल हुँदा भीरबाट लडेर भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

बुधबार भुमिकास्थान नगरपालिका १ खलाधारा भीरबाट लडेको अवस्थामा साम्नेगाँउ निवासी ७० वर्षका वीरबहादुर गमालको शव भेटिएको थियो।

हिमबहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।

प्रकाशित: Oct 21, 2022| 08:20 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।