मंगलबार, वैशाख २९, २०८३

९९ बालबालिकाको मृत्युपछि इन्डोनेसियामा सबै प्रकारका झोल औषधि प्रतिबन्ध

बिहीबार मात्रै इन्डोनेसियाका स्वास्थ्य अधिकारीले करिब दुई सय बालबालिकामा मिर्गौलामा हानी पुर्‍याउने एकेआईको मात्रा पत्ता लगाएको थियो। यीमध्ये अधिकांश ५ वर्षभन्दा कम उमेरका व्यक्ति छन्।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

National life

जाकार्ता- ९९ जना बालबालिकाको ज्यान गएपछि इन्डोनेसियाले सबै प्रकारका झोल औषधिमा प्रतिबन्ध लगाएको छ। साताअघि खोकीको औषधि (कफसिरप) खाएका ७० बालबालिकाको मृत्यु भएपछि इन्डोनेसियाले सबै खाले झोल औषधिमा प्रतिबन्ध लगाएको हो। 

बिहीबार मात्रै इन्डोनेसियाका स्वास्थ्य अधिकारीले करिब दुई सय बालबालिकामा मिर्गौलामा हानी पुर्‍याउने एकेआईको मात्रा पत्ता लगाएको थियो। यीमध्ये अधिकांश ५ वर्षभन्दा कम उमेरका व्यक्ति छन्। 

अक्टोबरको सुरुमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कम्पनीद्वारा उत्पादित चारवटा कम्पनीका कफसिरप विश्वव्यापी प्रतिबन्ध लगाउन आह्वान गरेको थियो।

प्रकाशित: Oct 20, 2022| 15:34 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्